dashain
Wednesday, 17 October 2018 11:07 am, Nepal

सर्लाहीमा यो वर्ष उखु उत्पादन घट्यो

मेचीकाली : 2016-10-22 08:39:21


सर्लाही, ६ कात्तिक :

सर्लाहीमा यस वर्ष २५ प्रतिशतले उखु उत्पादन घटेको छ । प्रत्येक वर्ष उखुको मूल्य घट्दै जानु र तोकिएको मूल्य पनि समयमै नपाएपछि उखुको खेती घटेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । सर्लाहीका धेरै किसान उखु खेती छोडेर धान, मकै र व्यवसायिक तरकारी खेतीमा लाग्न थालेका छन् ।

उखु उत्पादन घटनुको मूख्य कारण समयमै भुक्तानि नपाउनु र मूल्य घटाउनु लगायत रहेको इन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिनुभयो । सर्लाहीमा इन्दु शंकर चिनी उद्योग हरिवन र अन्नपूर्ण चिनी उद्योग धनकौलले उखु क्रसिङ गर्दै आएका छन् । यहाँका किसानहरुले एभरेष्ट सुगर मिल महोत्तरी र श्रीराम सुगर मिल्स रौतहटमा पनि उखु बिक्री गर्दै आएका छन् ।
 यस वर्ष उखु काटने समय हुन लाग्दा समेत अहिलेसम्म मूल्य कायम हुन सकेको छैन् । चिनीको भाउ बढेकाले उखुको मूल्य बढाउनुपर्ने किसानहरुको माग छ । गत वर्ष उखुको मूल्य प्रति क्वीन्टल ४ सय ४८ रुपैँया कायम गरिएको थियो । मूल्य कायम गर्दा उद्योगी र किसानहरुबीच कुरा नमिलेपछि सरकार आफैले केही वर्षदेखि उखुको मूल्य तोक्न थालेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु