dashain
Wednesday, 17 October 2018 12:17 pm, Nepal

तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

मेचीकाली : 2016-12-10 08:53:50


सर्लाही, २५ मङ्सिर :

चिसोले तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ । घाम नलागेर आज बिहानै देखि बाक्लो हुस्सु र चिसो हावा चल्दा तराईको जनजीवन प्रभावित बनेको हो । चिसो बढेसँगै तराईका जिल्लामा चहलपहल घटेको छ भने बजार क्षेत्र सुनसान देखिएका छन् । साना बालबालिका र वृद्धबृद्धा चिसोबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

बाक्लो हुस्सु लागेर चिसो हावा चलेकाले मानिसहरुलाई घरबाहिर निस्किएर काममा जान पनि समस्या भएको छ । दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने मजदुर र किसानहरुले चिसोले काम गर्न गाह्रो भएको गुनासो गरेका छन् । हुस्सुले आलु र गोलभेडामा डढुवा रोगको प्रकोप देखिने भन्दै किसानहरु चिन्तित भएका छन् । चिसोबढेपछि स्थानीयवासीले तराईका चौक–चौकमा आगो बालेर ताप्न थालेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु