dashain
Wednesday, 17 October 2018 10:40 am, Nepal

उखुको मूल्यमा कुरा मिलेन

मेचीकाली : 2016-12-17 08:51:19


सर्लाही, २ पुस :

उखुको मूल्य तय गर्न उद्योगी र किसानका प्रतिनिधीबीच तेस्रो पटक भएको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । बाराको परवानीपुरमा गएराती अबेर सम्म चलेको वार्तामा उद्योगी र किसानका प्रतिनिधीहरुले आ–आफ्नै अडान नछाडेपछि मूल्यमा सहमति हुन नसकेको हो । वार्तामा उखु खेती हुने सर्लाही सहित तराईका विभिन्न जिल्लाका उखु किसानका प्रतिनिधीहरु र चिनी उद्योगी सहभागी भएका थिए ।

उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले वार्तामा आफूहरुले यस सिजनका लागि उखुको मूल्य प्रति क्विन्टल ५ सय ५६ रुपैँया सम्म पाउनुपर्ने माग गरेको बताउनुभयो । तर उद्योगीहरुले ५ सय १३ रुपैँया भन्दा बढी दिन नसक्ने अडान लिएका छन् । मूल्य तय गर्नका लागि पुष ६ गते पुन ः काठमाण्डौमा चौथो पटक वार्तामा बस्ने निर्णय भएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष बेदबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
 वार्तामा उद्योगीहरुले मूल्य तय नभएसम्म मिल नचलाउने प्रतिवद्धता जनाएका किसानका प्रतिनिधीहरुले बताएका छन् । वर्षेनी चिनीको मूल्य बढ्दै गएकाले सोही अनुपातमा उखुको मूल्य बढाउनुपर्ने किसानहरुको माग छ भने किसानहरुले माग गरेअनुसारको मूल्य दिन नसकिने उद्योगीहरुको अडान छ । उखु काट्ने बेला भैसक्दा समेत मूल्य तय नहुँदा सर्लाही, महोत्तरी,धनुषा सहित तराईका विभिन्न जिल्लाका किसान चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु