dashain
Wednesday, 17 October 2018 10:07 am, Nepal

रोनाली बनिन् ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’

मेचीकाली : 2016-12-31 17:53:44


काठमाडौ ।

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१७’मा  कामनपा ११ की २१ बर्षीया रोनालीअमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । इको इन्टरनेशनल लागि आधिकारिकता प्राप्त ग्रिन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा मिडियाले अमात्यलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को क्राउन पनि पहिर्याएको छ ।

उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१६’की बिजेता नंग्मा श्रेष्ठले ताज लगाइ दिइन् । अमात्य गत शनिबार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ को विजेता बनेकी हुन् । प्रारम्भिक चरणको निर्णायकमा अभिनेत्री तथा मिस नेपाल श्रृष्ठी श्रेष्ठ, मिस इको नग्मा श्रेष्ठ, अभिनेता मनोज आरसी लगायत रहेका थिए ।

मिस इको इन्टरनेशनल २०१७ आगामी अप्रिलमा इजिप्टमा आयोजना हँुदैछ । ८० राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा यो नेपालको तेस्रो सहभागीता हो । यसअगाडी २०१५मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले सहभागीता जनाएका थिए ।

प्रतियोगतिामा २०१५ देखि आयोजना हुदै आएको छ । पर्यावरण र संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्न यो प्रतियोगीताको आयोजना हँुदै आएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु