dashain
Wednesday, 17 October 2018 11:24 am, Nepal

वनभोज गएर फर्किंदै गरेको बस दुर्घटना, २ को मृत्यु, ८२ घाईते

मेचीकाली : 2017-01-02 08:46:27


सर्लाही, १८ पुस :

सर्लाहीको परवानीपुरमा रहेको डिम जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थी वनभोज गएर फर्किदै गरेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा ८२ जना घाईते भएका छन् । हेटौंडा स्मारक वनभोज गएर फर्किदै गरेको ना ३ ख ७६६८ नम्वरको बस गएराती पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको गढिमाई नगरपालिका– १ स्थित दुधौरा खोलाको पुलबाट तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही विद्यालयमा पढ्ने परवानीपुर ५ का १९ वर्षीय सन्देश बस्नेत र परवानीपुर १ चिसापानकी १८ वर्षीया रविना बैजुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घाईतेहरुको वीरगंजका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अंगे्रजी नयाँ वर्ष २०१७ मा वनभोज गएर फर्किदै गरेका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु