dashain
Thursday, 18 October 2018 01:52 am, Nepal

गाउँको शिक्षा र विकासका लागि कतारमा संस्था गठन

मेचीकाली : 2017-01-23 08:47:27


पर्वतको आर्थर डाँडाखर्क गाउँ विकास समितिमा रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिनका लागि सहयोग गर्ने तथा गाउँको विकासमा सघाउने उद्देश्यले कतारमा संस्था गठन भएको छ ।पर्वतको आर्थर डाँडाखर्क गाविसबाट रोजगारीका लागि कतारमा पुगेका युवाले आर्थर डाँडाखर्क सेवा समाज गठन गरेका हुन् ।आर्थर गाविसमा रहेका पञ्चकोसी माविसहित अन्य विद्यालयमा अङ्ग्रेजी माध्यममा शिक्षा दिने अभियानमा मुख्य सहयोग गर्न उक्त समाज गठन गरिएको हो ।

समाजले कतारमा रहेका युवालाई पञ्चकोसी मावि भूतपूर्व समाजले सञ्चालन गरेको फेसबुक अभियान मार्फत लाखौँ रुपैयाँ सहयोग सङ्कलन गरिरहेको छ । पर्वत युवा सेवा समाज कतारको मातहत रहने गरी गठन भएको आर्थर डाँडाखर्क सेवा समाजको उद्घाटन पर्वत युवा सेवा समाज कतारका अध्यक्ष दीपेन्द्रजंग लामिछानेले गर्नुभयो ।

आर्थर डाँडाखर्क सेवा समाजका अध्यक्ष धन सुनार खातीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको उद्देश्य माथि प्रकाश पार्दै संरक्षक अञ्जिव गुरुङले आर्थरमा शैक्षिक र सामाजिक क्षेत्रको विकासका लागि काम गर्ने जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु