dashain
Wednesday, 17 October 2018 11:01 am, Nepal

पेट्राल पप्पमा आगलागी, ४ जना जलेर गम्भीर घाईते

मेचीकाली : 2017-02-24 08:42:24


सर्लाही, १३ फागुन :

सर्लाहीको हरिवन नगरपालिका–१० सुखेपोखरीमा रहेको द ब्रदर्श पेट्रोल पम्पमा आगलागी हुँदा ४ जना घाईते भएका छन् । आगोले जलेर घाईते भएका चारै जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । गएराति पौने ११ बजे विद्युत सर्ट भई पेट्रोल पम्पमा आगलागी हुँदा सञ्चालक हरिवन नगरपालिका–९ का ३७ वर्षीय नारायण उपे्रती,कामदारहरु काभे्रको पात्ले– ३ का २३ वर्षीय सुदन बराल,बारा अमलेखगञ्जका २२ वर्षीय नेरज अन्सारी र सर्लाही कर्मैया–४ बागमतीका २२ वर्षीय प्रमोद साह घाईते हुनु भएको छ ।

घाइते सबैको वीरगञ्जमा उपचार भैरहेको हरिवनका प्रहरी निरीक्षक उदयभान द्धिवेदीले जानकारी दिनुभयो । आगो निभाउन खोज्दा चारै जना जलेर घाईते भएका प्रहरी निरीक्षक द्धिवेदीले बताउनुभयो । आगलागीबाट पेट्रोल पम्पको काउण्टरमा क्षति पुगेको छ । आगलागी प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु