dashain
Wednesday, 17 October 2018 10:52 am, Nepal

निर्वाचन कार्यालय सर्लाहीले बोलाएको बैठक मधेशी मोर्चाद्वारा बहिस्कार

मेचीकाली : 2017-04-03 08:48:10


मलंगवा, २१ चैत :

स्थानिय निकायको मतदान केन्द्र निर्धारण सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आईतवार निर्वाचन कार्यालयले बोलाएको बैठकलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सर्लाहीले बहिस्कार गरेको छ । मधेशी जनताको माग पुरा नभएसम्म आफुहरु निर्वाचन सम्बन्ध कुनै पनि कार्यक्रममा सहभागी नहुने भन्दै मोर्चाका नेताहरु जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएको थियो ।

मोर्चा नेताहरुले बहिस्कार गरेपनि नेपाली काँग्रेस, एमाले, माओवादीका  र राप्रपाका प्रतिनिधिहरु बीच मतदान केन्द्रका बारेमा छलफलगरी थप्प मतदान केन्द्रको सिफारिस गरिएको छ । बैठकमा जिल्ला न्यायधिश सूर्य प्रसाद, प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल, सुरक्षा निकायका प्रमुख जिल्लाको नगरपालिका प्रमुखहरु र गाउँपालिका प्रमुखहरुको सहभागीता समेत रहेको निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिनुभयो । सर्लाही जिल्लामा ३ सय ४ मतदान केन्द्र रहेकोमा १४ वटा मतदान केन्द थप्प गरिएको उहाँले बताउनुभयो ।    

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु