dashain
Wednesday, 17 October 2018 10:40 am, Nepal

सर्लाहीमा कालाजारको महामारी, ६ जनाको मृत्यु

मेचीकाली : 2017-04-11 08:34:21


सर्लाही, २९ चैत :

सर्लाहीको भक्तिपुरमा कालाजारको महामारी फैलिएको छ । एक साता देखि फैलिएको कालाजार रोगबाट भक्तिपुरको राईटरखोर गाउँमा अहिले सम्म ६ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले पुष्टी गरेको छ । कालाजारबाट बिरामी भएका १४ जनाको जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको जनस्वास्थ्य अधिकृत प्रभाकर झाले जानकारी दिनुभयो । भक्तिपुर स्वास्थ्य चौकीबाट ढिलोगरी जानकारी आएकाले महामारीले ठुलो रुप लिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यलयको टोलीले महामारी फैलिएको स्थानमै गएर बिरामीको रगत परीक्षण गर्दा १४ जनामा कालाजार भेटिएपछि उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लगिएको हो । कालाजारले महामारीको रुप लिएपनि भक्तिपुर स्वास्थ्य चौकीले गम्भीरता नदेखाएको स्थानीयले गुनासो गरेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले महामारी नियन्त्रणका लागि सबै निकायसँग समन्वय भैरहेको बताउनुभाये । चिकित्सकका अनुसार सेन्ट फ्लाई नामको भुसुनालले टोक्दा कालाजार रोग लाग्छ । टोउको दुख्ने, ज्वरो आउने, अनुहार कालो हुँदै जाने, शरीरमा रगतको मात्रा घट्नु कालाजारको प्रमुख लक्षण हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु