Monday, 20 May 2013 08:15 am, Nepal

माओवादीद्वारा लुटेको रकम फिर्ता

मेचीकाली : 2010-07-22 17:38:56


रामेछाप ६ साउन

माओवादी हुँ भनेर नागदह गाविस १ भालुखोपका ५ जना सर्वसाधारणको घर लुट्ने माओवादी कार्यकर्ता गोपाल तामाङसहितका ४ जनाले आफूले लुटेको रकम सम्बन्धित पक्षलाई फिर्ता गराएका छन् । ०५९ सालमा माओवादीको नाममा रु ४८ हजार चन्दा लिएको आरोपमा तत्कालिन नेकपा माओवादी का एरिया सदस्य तारानारायण श्रेष्ठ विगुलको रोहवरमा दोषीलाई कारवाहीसहित तत्कालिन पार्टीको नीतिअनुसार रु ८ हजार ५०० रकम असुल गरी छाडिएको थियो ।

केही महिनाअघि उनीहरुले डर र त्रास देखाउँदै हतियारसहित उनीहरुबाट पुन : ४८ हजार असुल गरेका थिए । सो घटनाबाट पीडितपक्षको कुरा प्रहरीमा पुगेपछि माओवादीसहितको सहयोगमा प्रहरीले घटनाको छानबिन प्रकि्रया अघि बढाएको थियो ।

सोही आधारमा प्रहरी समक्ष उनीहरुले आफ्नो दोष स्वीकार गरेपछि पीडित पक्षलाई रु ४८ हजार र त्यसको ब्याजसहित पीडित पक्षले फिर्ता दिलाउने सर्तमा समस्या समाधान गरिएको धोवी इलाका प्रहरी कार्यालयका प्रमुख टङ्क भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु