dashain
Wednesday, 17 October 2018 11:16 am, Nepal

विषादी सेवनबाट एक बालिकाको मृत्यु, ४ बालबबालिका सिकिस्त

मेचीकाली : 2017-11-04 11:21:24


सर्लाही, १८ कात्तिक :

तरकारीमा छिट्ने विषादी सेवन गर्दा सर्लाहीको फूलपरासीमा शुक्रबार एक बालिकाको ज्यान गएको छ । अरु ४ जना बालबालिका सिकिस्त बिरामी परेका छन् । कौेडेना गाउँपालिका– २ फूलपरासी बस्ने राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

बालबालिका खेल्ने क्रममा स्थानीय राम प्रताप रायको घरमा तरकारीमा छिट्न राखेको औषधी पिउँदा बालबालिका बिरामी परेका हुन् । औषधी सेवन गर्दा घरधनी राम प्रतापकी ४ वर्षीया छोरी पूजा कुमारी, २ वर्षको छोरा आदित्य कुमार, सोही ठाउँका बिकाउ रायकी ४ वर्षीया छोरी खुश्वु कुमारी र २ वर्षको छोरा खुशीलाल राय सिकिस्त बिरामी परेका प्रहरीले बताएको छ ।

उनीहरुका जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँ ले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको एसपी खाँ ले बताउनु भयो । बालबालिकाले विषाक्त औषधी हो भनेर थाहा नपाइ खानेकुरा हो की भनेर खाएको हुनसक्ने गाउँलेहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु