dashain
Wednesday, 17 October 2018 08:30 am, Nepal

आगलागी हुँदा दर्जनौँ टहरा जले

मेचीकाली : 2017-12-21 17:05:24


खोटाङ, ६ पुस:

केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा दर्जनौँ टहरा जलेर नष्ट भएको छ । गए राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको दर्जनभन्दा बढी टहरा जलेर नष्ट भएको हो ।राति करिब २ बजेको समयमा आगलागी भएको थाहा भएपछि स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

बजारकैबीचमा रहेको टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षति हुनबाट जोगाइएको केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताउनुभयो । गाउँपालिका प्रमुखकै घर अगाडिबाट आगो शुरु भएको पाइएकाले घटनालाई स्थानीयवासीले शंकास्पद मानेका छन् । टहरामा भएको आगलागीका कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु