dashain
Wednesday, 17 October 2018 11:23 am, Nepal

झोलुंगे पुल तर्ने सपना अधुरो

मेचीकाली : 2017-12-30 08:42:52


सर्लाही, १५ पुस :

सामान्यतया झोलुंगे पुल बनाउन कति महिना लाग्ला ? ६ महिना १ वर्ष वा धेरैमा २ वर्ष । तर सर्लाहीको हरिवनमा भने ५ वर्ष विति सक्दा पनि झोलुंगे पुल निर्माण अधुरै भएको छ । हरिवन नगरपालिका २ अत्रौलीमा ५ वर्ष अघि निर्माण थालिएको झोलुंगे पुल अझै निर्माण सम्पन्न नहुँदा स्थानीय निराश भएका हुन ।

स्वीस हेल्भेटासको ३३ लाख आर्थिक सहयोगमा जिल्ला विकास समिति मार्फत उपभोक्ता समिति बनाएर झिम नदी नियन्त्रण तथा संरक्षण संस्थाले २०६९ सालमा निर्माण सुरु भएको पुल अझै सम्पन्न नहुदाँ स्थानीयको हैरानी कम भएको छैन । २ वर्षमा निर्माण सक्ने गरी काम थालिएको भए पनि ५ वर्ष विति सक्दा समेत पुलको निर्माण अझै सम्पन्न नहुँदा स्थानीय निराश त भएका छन् नै पुल समेत प्रयोग विहीन भएको छ । तर निर्माणको जिम्मा लिएको संस्थाले भने २०७० को संविधान सभाको चुनाव, भर्खरै सम्पन्न स्थानीय तह र प्रदेश तथा प्रतिनिधी सभा सदस्यको चुनाव लगायतको कारण पुल निर्माणले तिव्रता पाउन नसकेको बताएको छ ।

त्यस्तै ६ महिने भारतीय नाकाबन्दीका कारण निर्माण सामाग्रीमा भएको अभावको कारण पनि निर्माणमा ढिला सुस्ती भएको ठेकेदारले बताएको छ । पुल निर्माणको करीब ९८ प्रतिशत काम सम्पन्न भएको छ । पुलको दायाबाया खुट्किलाहरु निर्माण गरी हस्तान्तरण गर्न मात्रै बाकी रहेकोले अर्को हप्ता सम्ममा काम सम्पन्न हुने झिम नदी नियन्त्रण तथा संरक्षण संस्थाका ईन्दल यादवले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु