dashain
Thursday, 18 October 2018 02:36 am, Nepal

अवैध शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

मेचीकाली : 2018-01-27 13:49:48


पर्वत, १३ माघ :

वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।

सोही मुद्दा उपर लामो समयको अनुसन्धान पछि शुक्रबार पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रवप्रसाद सापकोटाको इजलासले दुबैलाई कैद सजाय हुनेगरी फैसला गरेको हो । शिशु हत्या गर्ने मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र विजयराजलाई २० वर्ष जन्म कैदको फैसला गरिएको हो ।

मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तत्पश्चात मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले हाडनाता र कर्तब्य ज्यान अन्तर्गत दुबैलाई सजायको माग गर्दै जिल्ला अदालतमा २०७३ मंसिर ९ गते मुद्दा दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु