dashain
Friday, 19 October 2018 03:34 pm, Nepal

भक्तपुरको बिस्केट जात्रा आजबाट शुरु हुँदै

मेचीकाली : 2018-04-10 10:24:51


भक्तपुर, २७ चैत :

ऐतिहासिक र धार्मिक महत्व बोेकेको भक्तपुरको बिस्केट जात्रा आजबाट शुरु हुँदै छ । चैत २७ गतेदेखि वैशाख ५ गते आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने विस्केट जात्रा बिहान भैरवनाथको नित्य पूजासँगै शुरु हुने प्रचलन छ ।

विस्केट जात्राको पहिलो दिन भक्तपुरको पाँचतले मन्दिर अगाडि राखिएको काठै–काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देउतालाई विराजमान गराई पूरा गरेर साँझ रथ तानेर जात्रा शुरु हुन्छ । वैशाख संक्रान्तिको अवसरमा मनाउने बिस्केट जात्रा आठ दिनसम्म चल्दछ । नेवार समुदायले मनाउने तीसभन्दा बढी जात्रा पर्वमध्ये वैशाख संक्रान्तिको उपलक्ष्यमा बिस्केट जात्रा मनाइन्छ । विस्केट जात्राकै अवसरमा मध्यपुर थिमीको लाय्कु, बालकुमारी, चपाचो, नगदेश र बोडेमा वैशाख २ गते ३२ खटसहितको अबिर जात्रा मनाइने गरिन्छ । मध्यपुर थिमी बोडेमा जिब्रो छेड्ने जात्रा भव्यताका साथ मनाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु