dashain
Thursday, 18 October 2018 01:51 am, Nepal

टेलिकमको नयाँ वर्ष अफर

रासस : 2018-04-13 16:14:35


काठमाडौँ  :

नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको छ । अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम÷सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् । जिएसएम÷सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ ।
सो प्याक रु १०० मा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ ।अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएम÷सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । त्यस्तै टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत रु २००मा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु ३०० मा २५ जिबी डाटा र रु ४०० मा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत रु ७०० मा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु तीन हजार ७५० को प्याकेजमा अनलिमिटेड डाटा १८० दिनसम्म र रु सात हजारको प्याकेजमा अनलिमिटेड डाटा ३६० दिनसम्म प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु