dashain
Thursday, 18 October 2018 03:10 am, Nepal

विश्वकपमा आज तीन खेलः जर्मनी र ब्राजिलले खेल जित्लान ?

मेचीकाली : 2018-06-17 12:51:04


रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलका पौने ६ बजे सामरा शहरको सामरा एरिनामा हुनेछ । आज हुने दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ । चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक मेक्सिकोबीचको खेल मस्कोको लुझ्निकी रंगशालामा वेलुकी पौने ९ बजे सुरु हुनेछ ।

आजै राति पौने १२ बजे रोस्तोभ एरिनामा ब्राजिल र स्विट्जरल्याण्ड भिड्नेछन् । पाँच पटक विश्वकपको उपाधि उचाल्दै विश्वकप फुटबलको सर्वाधिक सफल टोली बनेको ब्राजिललाई यसपटक पनि मुख्य दावेदार मानिएको छ । फिफा वरियताको छैटौं स्थानमा रहेको स्विट्जरल्यान्ड र दोस्रो स्थानमा रहेको ब्राजिलबीचको खेल पनि प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु