dashain
Friday, 19 October 2018 03:15 pm, Nepal

एसइईको नतिजा एक साताभित्र

मेचीकाली : 2018-06-18 13:01:08


भक्तपुर, ४ असार :

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छाँैं, कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गछौँ ।” यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु