dashain
Wednesday, 17 October 2018 11:56 am, Nepal

किशोरीहरुलाई सेनेटरी प्याड वितरण

मेचीकाली : 2018-06-26 18:55:39


सर्लाही, १२ असार :

सर्लाही हरिवनका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । किशोरीहरुलाई महिनावारीको समयमा हुन सक्ने विभिन्न रोगको संक्रमणबाट बचाउने र महिनावारीको समयमा पनि विद्यालय जान सक्ने वातावरण बनाउन ६ हजार प्याड वितरण गरिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले नगर भित्रका महादेव जनता मावि, चर्तुभुजेश्वर जनता मावि, रामअवतार जनता मावि, माईरानी मिक्चनी मावि, जनसेवा मावि, जनजागृति मावि, आधारभूत निमावि लगाएत विदालयमा अध्ययनरत किशोरीहरलाई प्याड वितरण गरेको हो । नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक रेणुका पौडेलको नेतृत्वमा नगरपालिकाका स्वास्थ्य संयोजक एवं वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञविनोद ढुंगेल, नगर महिला विकास निरीक्षक आशा खरेल, योजना अधिकृत रन्जु रेग्मी, अनमी बालकुमारी भुजेल, स्वास्थ्यकर्मी समेतको टोलीले तीन दिन लगाएर नगर भित्रका निमावि तथा माविहरुमा पुगी किशोरीहरलाई प्याड वितरण गरिएको नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु