dashain
Thursday, 18 October 2018 02:39 am, Nepal

पनौती रंगशालाको काम अन्तिम चरणमा पुग्यो

मेचीकाली : 2018-06-26 18:56:56


काभ्रे–

जग्गाको विषयमा धेरै वर्षको विवादका बीच सुरु गरिएको पनौती क्षेत्रिय रंगशाला निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको छ । पनौती नगरपालिकास्थित सिरानचौरमा रहेको कित्ता नम्बर १४६ को ४२ रोपनी ११ आना ३ पैसा मध्येको उत्तरपूर्वी क्षेत्रबाट निर्माण सुरु गरिएको रंगशालाको काम ९० प्रतिशत सकिएको शहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेले जनाएको छ ।

 कार्यालयका इन्जिनियर अशोक अधिकारीले रंगशाला निर्माण अन्र्तगत पहिलो चरणमा मुख्य गेट, टिकट काउण्टर, प्रशासनिक भवन, दुई वटा गार्ड हाउस, पूर्वपट्टिको प्याराफिट, कवर्ड हल तथा रंगशाला वरिपरिको कम्पाउण्डवाल लगाउने काम सकिएको बताए । उनले रंगशाला निर्माण अन्र्तगत पहिलो चरणको काम सकिएकोले दोस्रो चरणको कामको लागि टेण्डर आह्वान गरिएको बताए । अधिकारीले असारको अन्तिमसम्ममा दोस्रो चरणको कामको ठेक्का सम्झौता भई काम नै सुरु गरिने बताए । उनले पश्चिमतिरको प्याराफिट निर्माणको लागि जग्गाको विवाद कायमै रहेकोले निर्माणाधिन पनौती रंगशालामा अहिले साना÷साना प्रतियोगिता आयोजना गर्न सकिने बताए ।

दोस्रो चरणमा स्वमिङ्ग पुल, पश्चिम पट्टिको प्याराफिट, पश्चिमतिरको पार्किङ्ग स्थल, क्याफ्टेरिया निर्माण हुने इन्जिनियर अधिकारीले बताए । रंगशालामा फुटबल, बास्केटबल, ब्याडमिन्टन, भलिबल, टेबलटेनिश, स्विमिङ्ग पुल, प्रथमिक उपचार कक्ष, गार्ड हाउस समेत रहने छ । रंगशाला भित्र महिला र पुरुषका गरि दश वटा शौचालय निर्माण हुनेछ । पूर्वपट्टिको प्याराफिटमा एक सय ५६ भिआईपि सिटसहित एक हजार २ सय ५६, पश्चिमतर्फको प्याराफिटमा १ हजार २ सय ६४ गरि करिब २ हजार ५ सय दर्शक अटाउने सिट हुनेछ । कुल जग्गाको ११ प्रतिशत भु–भाग पार्किङ्गले ओगट्ने छ । रंगशालामा तीन वटा ईर्मेजेन्सी ढोका, अपाङ्ग शैचालय समेत हुनेछ । रंगशालामा दुई सय ४६ वटा मोटरसाईकल र ७३ वटा कार पार्किङ्ग गर्न सकिने छ । रंगशालाको पहिलो चरणको कामको लागि करिब ६ करोड रुपैँया खर्च भएको छ । क्षेत्रिय रंगशाला निर्माणको काम सुरु हुने भएपछि स्थानीय कँडेल परिवार र नगरपालिकाबीच विवाद उत्कर्षमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु