dashain
Friday, 19 October 2018 02:29 pm, Nepal

काभ्रेमा जथाभावी गरिएको शिक्षक सरुवा बदर

मेचीकाली : 2018-08-20 07:55:36


काभ्रे, ४ भदौ :

काभ्रेका तत्कालिन शिक्षा अधिकारी डाक्टर दिपेन्द्र गुरुङ्गले गैरकानूनी रुपमा काज सरुवा गरिएका शिक्षकहरुको दरवन्दी पुरानै स्थानमा हुने भएको छ । शिक्षकहरुको काज सरुवा खारेज भएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताए । जिल्लामा रहेका १३ वटै स्थानीय सरकारका प्रमुखहरुको उपस्थितीमा शिक्षा समन्वय इकाई काभ्रेपलाञ्चोकले आयोजना गरेको बैठकमा समन्वय समितिका प्रमुख केसीले कानून विना गरिएका सबै खालका काज सरुवा खारेज गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख छन् । साउन २० गते उक्त समितिको बैठकले खारेज गर्ने निर्णय कार्यान्वयनका लागि स्थानीय सरकारका प्रमुखहरुको बैठक आयोजना गरिएको प्रमुख केसीले बताए । गुरुङ्गले कानुन विपरित कार्यालयमा नै नबसी होटलमा कोठा लिएर ठाडो निवेदनका आधारमा शिक्षकहरुको मनलाग्दी काज सरुवा गरेका थिए । शिक्षक सरुवा गर्दा कार्यालयले उठाउने गरेको टिप्पणी समेत थिएन । नेपाल शिक्षक महासंघ, शिक्षक संघ र शिक्षक संगठन लगायत शिक्षकसँग सम्वन्धित पेशागत संघ संगठन उक्त सरुवाका विरोध नगरी मौन समर्थनमा थिए । बैठकले दरवन्दी भन्दा धेरै कार्यरत २८ शिक्षकहरुलाई पनि हटाउने निर्णय गरेको छ ।

राहत शिक्षकलाई स्थायीमा र स्थायी शिक्षकलाई राहतमा सरुवा गरिएको अवस्थाका सबै शिक्षकहरु पनि पहिलाकै अवस्थामा हुने गरी पुराना सबै निर्णयहरुलाई बदर गर्ने निर्णय गरेको छ । जिल्लामा आवश्यक भएका स्थानमा शिक्षक नभएको र शिक्षक भएको स्थानमा विद्यार्थी नभएको भन्दै स्थानीय सरकारले शिक्षकहरुको दरवन्दी मिलानमा हस्तक्षेप नगर्ने चेतावनी दिएका थिए ।

संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्ने र कसैले कसैको अधिकार हस्तक्षेप गर्न नहुने भएकाले मनलाग्दी नियुक्ति गरिएका सबै शिक्षकहरुको नियुक्ति खारेज गर्नुपर्ने आफूहरुको अडान रहेको नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले बताए । ब्याञ्जुको भनाईलाई समर्थन गर्दै बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर लगायतले तत्काल नियुक्ति खारेजको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु