dashain
Friday, 19 October 2018 02:32 pm, Nepal

भुकम्प गएको ३९ महिना वितिसक्यो, काभ्रेमा १६ हजार घरमात्रै पुननिर्माण

मेचीकाली : 2018-08-21 07:44:30


काभ्रे, ५ भदौ :

भुकम्प गएको ३९ महिना वितिसक्दा काभ्रेमा हालसम्म पूर्ण रुपमा करिब १६ हजार घर मात्रै पुनः निर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका अनुसार हालसम्म काभ्रेमा घर निर्माणको काम सम्पन्न गरि १५ हजार ९ सय ३२ लाभग्राहीले मात्रै तेस्रो किस्तासम्मको रकम लगेका छन् ।

 इकाईका अनुसार साउन १७ गतेसम्म काभ्रेमा १४ हजार ५ सय ५३ लाभग्राहीले नेपाल सरकारले उपलब्ध गराएको अनुदान रकम र १ हजार ३ सय ७९ जनाले गैह्र सरकारी संस्थाले उपलब्ध गराएको तेस्रो किस्ताको रकम बुझेका छन् । ईकाइका अनुसार दोस्रो किस्ता लिएका लाभग्राहीहरुमध्ये ३९ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता रकम बुझेका हुन् । यसैगरि हालसम्म पहिलो किस्ता रकम लिएका लाभग्राहीमध्ये ५९ दशमलव ७ प्रतिशत लाभग्राहीले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् । भुकम्पमा नीजि घर पूर्ण रुपमा क्षति भई लाभग्राहीको सूचिमा परेका मध्ये ४० हजार ७ सय ६६ लाभग्राहीले दोस्रो किस्तासम्मको रकम लिएका छन् । जसमा नेपाल सरकारमार्फत ३८ हजार ६ सय ३५ र गैह्र सरकारीमार्फत २ हजार १ सय ३१ लाभग्राही रहेका छन् ।

२०७२ बैशाख महिनामा गएको भुकम्पबाट काभ्रेमा ७२ हजार ४ सय २० घरहरु पूर्ण रुपमा क्षति भएका थिए र लाभग्राहीको सूचिमा समावेश भएका थिए । कुल लाभग्राहीमध्ये हालसम्म ६८ हजार १ सय ९३ जनासाग अनुदान सम्झौता भएको छ । यसैगरि भुकम्पमा घरमा सामन्य क्षति भई रेट्रोफिटिङ्ग गर्नुपर्ने २ हजार ४ सय १५ लाभग्राहीमध्ये हालसम्म ५ सय ५४ जनाले मात्रै पहिलो किस्ताको रकम लगेको जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेले जनाएको छ । हालसम्म जिल्लामा ६४ वटा ग्रामिण पुाःनिर्माण समिति समेत गठन भइसकेको छ । सरकारले समयमा नै भुकम्प पिडितहरुलाई अनुदान रकम उपलबध गराउन नसक्दा असारदेखि रकम माग गरेका भुकम्पपिडितले रकम अभावका कारण घर निर्माण गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु