dashain
Friday, 19 October 2018 03:47 pm, Nepal

नेकपा काभ्रेको नेतृत्व कसले गर्ने भन्नेमा विवाद

मेचीकाली : 2018-08-27 07:54:54


-अध्यक्ष आफूलाई दिन र सचिव पाण्डेलाई नदिन पुर्वएमाले नेताहरुको माग
काभ्रे, ११ भदौ :

लामो समयदेखि नेतृत्व छनोटको प्रक्रियामा रहेको नेकपाको काभ्रे जिल्ला कमिटीले पुर्णता पाउने क्रम नजिकिएसँगै नेतृत्वको विषयमा विवाद देखिन थालेको छ । नेकपाको प्रदेश कमिटीले आफ्नै तरिकाले नेतृत्वको सिफारिस केन्द्रमा पठाएसँगै विवाद सतहमा आएको हो । प्रदेशले तत्कालिन माओवादी केन्द्रका नेता सुर्यमान दोङ ‘लालध्वज’को अध्यक्षतामा जिल्ला कमिटी गठन गर्न सिफारिस गरेपछि तत्कालिन एमालेको जिल्ला कमिटीमा रहेका नेताहरुले नेतृत्व आफ्नो पक्षले पाउनुपर्ने माग राखेका छन् ।

उनीहरुले पार्टी महासचिवप विष्णु पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै नेतृत्व चयनमा असन्तुष्टि जनाएका हुन् । तत्कालिन एमालेका पुर्वअध्यक्ष रामहरि सुवेदी, उपाध्यक्ष अशोक व्याञ्जु, उपसचिव इन्द्र लामा, प्रदेश सांसद एवं कार्यालय सचिव बसुन्धरा हुमागाईं, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने लगायत तत्कालिन एमालेको जिल्ला तहमा रहेका नेताहरुले महासचिव पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै असहमतिका वुँदाहरु पनि राखेका छन् । जसमा काभ्रे जिल्लामा तत्कालिन एमालेको संगठन र जनमत दुबै ६० प्रतिशत रहेको तथा तत्कालिन माओवादी केन्द्रको स्थिति लगभग ४० प्रतिशतमात्रै रहेको हुँदा काभ्रे जिल्लाको नेतृत्व तत्कालिन एमालेले पाउनुपर्ने, पार्टी एकीकरणको जिल्ला कार्यदलमा पुर्व एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने एक सदस्यद्वारा मात्र गरिएको षड्यन्त्रपुर्वक जालझेलपुर्ण र मनोमानी ढंगले गरिएको सिफारिसप्रति नै पुर्व एमाले काभ्रे जिल्ला कमिटीको पुर्ण असहमति भएको उल्लेख छ ।

उनीहरुले उक्त सिफारिसको भत्र्सना गर्दै त्यसलाई तत्काल निस्तेज गर्न पनि माग गरेका छन् । यस्तै असहमतिका वुँदामा पार्टी नेतृत्वद्वारा गरिएको बहस र छलफलद्वारा तय गरी सिफारिस गरिएका व्यक्तिहरुलाई नै नेतृत्वका लागि निर्णय गर्न पनि माग गरिएको छ । पुर्व एमालेको तर्फबाट सिफारिस गरिएको भनिएका सचिव पदका उम्मेदवार नारायण पाण्डेप्रति आफूहरुको पुर्ण असहमति भएको र आफूहरुको लागि अमान्य हुने भन्दै उनीहरुले जिल्लाको नेतृत्वका लागि सहमतिमा मात्र अध्यक्ष पदको निर्णय गर्न माग पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु