dashain
Thursday, 18 October 2018 02:58 am, Nepal

नेपाल चार विकेटले विजयी

मेचीकाली : 2018-09-02 13:50:20


काठमाडौँ, १७ भदौ :

एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४÷१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए ।

मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन÷तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए । नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु