dashain
Wednesday, 17 October 2018 09:52 am, Nepal

तीजमा दर खाने रकम पीडितलाई सहयोग

मेचीकाली : 2018-09-06 10:07:52


पर्वत, २१ भदौ :

पर्वत मिलन महिला समूहले मृगौला पीडित र कलेजो रोग पीडितलाई आर्थिक सहयोग गरेको छ । तीजमा दर खाने रकम जोगाएर मृगौला पीडित कुश्मा नगरपालिका ८ का थमन विकलाई २८ हजार र  कलेजो रोग पीडित कुश्मा नगरपालिका ५ का तिला माझीलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको समूहले जनाएको छ ।

मृगौला पीडित विक उपचारका लागि रकमको अभावले समस्यामा हुनुहुन्छ भने माझी पनि आर्र्थिक अवस्था कमजोर हुँदा समस्यामा पर्नुभएको छ । दर खाने रकम बिरामीहरुलाई सहयोग गर्दा उहाँहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने भएकाले आर्थिक सहयोग गरेको मिलन महिला समूहका अध्यक्ष राजकुमारी श्रेष्ठले बताउनुभयो । समाजमा अहिले पनि फजुल खर्च गर्ने चलन रहेकोले त्यो हटाउनुपर्ने उहाँको भनाइ छ । मिलन महिला समूहले गतवर्ष देउसीभैलो खेलेर र महिला समूहसंग सक्दो सहयोग जुटाएर यसअघि पनि आर्थिक सहयोग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु