dashain
Friday, 19 October 2018 02:24 pm, Nepal

बल्थली खुला दिशामुक्त घोषणा

मेचीकाली : 2018-09-07 18:59:06


सञ्जय न्यौपाने
काभ्रे, २२ भदौ :

साविक बल्थली गाविस हालको पनौती नगरपालिका वडा नम्वर ११ लाई आज एक समारोहका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । खुल्ला दिशामुक्त वडा घोषणा कार्यक्रममा प्रदेशसभा सांसद बसुन्धरा हुमागाँईको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, खाने पानी तथा सरसफाई डिभिजन कार्यलय काभ्रेका प्रमुख रामचन्द्र काफ्ले, पनौती नगरपालिकाका प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, नगरभित्रका विभिन्न वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रदेससभा सांसद बसुन्धरा हुमागाँइले खुल्ला दिशामुक्त क्षेत्र घोषण सरसफाईको पहिलो खुड्किलो भएको बताए । खुल्ला दिशामुक्त वडा घोषणा सँगै अब यसलाई निरन्तरता दिनु आवश्यक रहेको बताए । यस्तै पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले खुल्ला दिशामुक्त वडा घोषणा कार्यक्रमले बल्थली क्षेत्रको पर्यटन विकासमा थप सहयोग पुग्ने बताए । खाने पानी तथा सरसफाई डिभिजन कार्यलय काभ्रेका प्रमुख रामचन्द्र काफ्लले राजधानी नजिक भएर पनि अझै पनि पुर्ण रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषणा नहुनु दुखद रहेको बताए ।

काभ्रे जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणाका लागि तिव्र रुपमा अघि बढ्ने उनले बताए । कार्यक्रममा खुल्ला दिशा मुक्त वडा घोषणा गर्न सहयोग पुर्याउने कारितास नेपाल, वडा स्वास्थ्य कार्यालय, महिला स्वास्थ्य स्वयंसेवीका लगायत विभिन्न संघसस्थालाई कदर पत्र द्धारा सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष तारामान लामाको अध्यक्षता रहेको थियो । उनले सहयोग पुर्याउने वडावासी र सबै संघसस्थालाई धन्यवाद दिदै अगामी दिनमा पनि वडाको विकासमा यस्तै सहयोगको अपेक्षा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु