dashain
Friday, 19 October 2018 03:00 pm, Nepal

जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

एजेन्सी : 2018-09-20 13:42:52


टोकियो, ४ असोज :

जापानका प्रधानमन्त्री सिन्जो अबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ । यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहनुहुने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षको हुनुहुन्छ ।

उहाँले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गर्नुभएको बताइएको छ । उहाँको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गर्नुभएको थियो । नेता इसाबा जापानको पूर्व रक्षामन्त्री हुनुहुन्थ्यो ।

जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वातित हुनुभएको हो । उहाँ पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उहाँको सपना पूरा हुने देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु