dashain
Friday, 19 October 2018 02:41 pm, Nepal

लेक भिक्टोरियामा फेरी पल्टिँदा ४० जनाको मृत्यु

एजेन्सी : 2018-09-21 10:09:15


तान्जिनिया, ५ असोज :

तान्जिनियामा सयौँ मानिस चढेको फेरी भिक्टोरिया तालमा पल्टिँदा कम्तिमा ४० जनाको ज्यान गएको छ । भिक्टोरिया तालमा डुंगा पल्टिँदा डुब्नेको संख्या २ सय भन्दा बढी रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । स्थानीय समय अनुसार आज बिहानसम्मका लागि उद्धारको काम रोकिएको छ ।

रातको समयमा उद्धारकार्यमा कठिनाई भएकाले रोकिएको हो । उकोरा आइल्याण्ड र बुगोलोरा आइल्याण्ड बिचको समुद्री किनार पुग्न लागेका बेला फेरी घोप्टिएको हो । फेरीमा क्षमता भन्दा धेरै यात्रु रहेको र फेरीको एक क्षेत्रमा चाप बढी भएका कारण पल्टिँएको बताइएको छ । फेरीमा ४ सय भन्दा धेरै यात्रु रहेको सरकारी अधिकारीले बताएका छन् । एक सय जनाको उद्धार गरिएकोमा ३२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु