dashain
Friday, 19 October 2018 04:03 pm, Nepal

भियतनामी उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति

एजेन्सी : 2018-09-23 15:23:42


हनोई, ७ असोज :

भियतनामका उपराष्ट्रपति डाङ थी नोक थिन्हलाई आइतबार कार्यवाहक राष्ट्रपति बनाइएको भियतनाम समाचार समितिले जनाएको छ । दुई दिनअघि भियतनामका राष्ट्रपति ट्रान डाई क्वाङको ६१ वर्षका उमेरमा निधन भएको थियो ।उपराष्ट्रपति थिन्ह सन् २०१६ देखि सो पदमा हुनुहुन्थ्यो ।

भियतनामको राष्ट्रिय सभाको स्थायी समितिका तर्फबाट राष्ट्रिय सभाकी उपाध्यक्ष नुएन थी कीम नानले आइतबार उपराष्ट्रपति थिन्हलाई औपचारिक रुपमा राष्ट्रपति नबनाउँदासम्म कार्यवाहक राष्ट्रपति बनाउनेसम्बन्धी कागजातमा हस्ताक्षर गर्नुभएको थियो । राष्ट्रिय सभाले थिन्हलाई औपचारिक रुपमा निर्वाचन गरी राष्ट्रपतिमा चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु