dashain
Friday, 19 October 2018 03:37 pm, Nepal

नालामा साइकल यात्रा हुँदै

मेचीकाली : 2018-09-26 10:50:43


काभ्रे, १० असोज :

विश्व मुटु दिवसको अवसरमा काभ्रेको नालामा साइकल यात्रा हुने भएको छ । काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पु¥याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले ललितपुरको मंगलबजारदेखि नालासम्म साइकल यात्रा आयोजना गरेका हुन् ।

 साइकल यात्रा असोज १३ गतेमा मनाइने विश्व मुटु दिवसका अवसरमा जी व झिगु नालाले कार्यक्रम आयोजना गरेको हो ।  साइकल यात्रामा करीब ५ सय जना साइकल यात्रीको सहभागिता रहनेछ । यात्राबाट संकलित रकम गंगालाल अस्पताललाई प्रदान गरिने योजना रहेको आयोजकले जानकारी दिएको छ । युवाहरुमा समेत मुटुरोग बढ्दो रहेकाले उनीहरुलाई सचेत बनाउने र जनसमुदायलाई समेत मुटुरोगबाट बच्नका लागि सन्देश बाँड्दै साइकल यात्रा गरिने कार्यक्रम रहेको छ । साइकल यात्रा ललितपुरको मंगलबजारबाट सुरु भई २४ किलोमीटर पार हुने छ ।

साइकल यात्रा लुभु, गुण्डु, सूर्यविनायक, च्यामासिंह, ताथली, नाला गुम्बा हुँदै नालास्थित सुप्रसिद्ध भगवती मन्दिरमा पुगेर समापन हुनेछ । पहिलो पटक आयोजना गरिएको साइकल यात्रामा ‘नालाका लागि पाउदानी, मुटुका लागि पाउदान अर्थात (पेडल फर नाला, पेडल फर हर्ट’ नारा रहेको छ । साइकल यात्रालाई काभ्रे जिल्ला साइक्लिङ एसोसियसन, कन्सेप्ट नेपाल, पन्चबाइक, नेपाल माउण्टेन बाइकलगायतले सहयोग गरेका छन् । प्रवेश शुल्क ५ सय रुपैंया राखिएको छ । यसबाट सहभागीलाई टिसर्ट, प्रमाणपत्र, खानाका साथै सांस्कृतिक कार्यक्रमसमेत रहेको संयोजक ईश्वर अनामणि श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु