dashain
Friday, 19 October 2018 02:52 pm, Nepal

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता

मेचीकाली : 2018-09-29 10:21:26


न्यूयोर्क, १३ असोज :

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिनुभयो ।उक्त अवसरमा उहाँले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता उपलब्ध गराइ भूपरिवेष्ठित मुलुकले भोगेका समस्या र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले भूपरिवेष्ठित मुलुकको भाग्यलाई भूजडित मुलुकमा परिणत गर्न प्रयास अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

आजै परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकसँगको दुई पक्षीय बैठकमा भाग लिनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा अजरवैजानका विदेशमन्त्री एलमार मामादियारोभसँग भेटवार्ता गर्नुभयो ।भेटवार्तामा उहाँहरूबीच दुईपक्षीय सम्बन्ध तथा बहुराष्ट्रिय मञ्चमा आपसी सहयोगका विषयमा छलफल भएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगले आज जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीले आजै आयरल्याण्डका विदेशमन्त्री साइमन कोभेनीसँग भेटवार्ता गर्नुभयो ।भेटवार्तामा दुई मुलुकबीच व्यापार र लगानीका विषयका थप क्षेत्रहरू खोजी गर्ने र दुवै मुलुकका राम्रा अभ्यास साझेदारी गर्ने समझदारी बनेको जानकारी दिइएको छ ।

त्यसैगरी परराष्टमन्त्री ज्ञवालीले आजै संयुक्त राष्ट्र सङ्घको उपमहासचिव अमिना मोहम्मदसँग भेटवार्ता गर्नुभयो । उहाँहरूबीच संयुक्त राष्ट्र सङ्घको विकास प्रणाली र महासचिवको सुधार प्रक्रियामा नेपालले दिनसक्ने योगदानको विषयमा छलफल भएको बताइएको छ ।यसैगरी आजै पराष्ट्रमन्त्री ज्ञवालीलाई इन्टरनेशनल नेटवर्क फर बाम्बु एण्ड ¥याटनका महासचिव डा हान्स फ्रेडरिखले नियोगको कार्यालयमा भेट गर्नुभयो । उक्त अवसरमा दिगो विकासका लागि बाँस तथा निगालोको भूमिकाका विषयमा छलफल भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु