dashain
Friday, 19 October 2018 03:05 pm, Nepal

सडक अतिक्रमण गर्ने फन्दामा

मेचीकाली : 2018-09-29 10:24:50


-बनेपा र धुलिखेलका घर टहरामा डोजर चलाइँदै
काभ्रे, १३ असोज :

अरनिको राजमार्ग अन्र्तगत बनेपा नगरपालिकाको साँगा देखि धुलिखेल नगरपालिकाको बसपार्कसम्म राजमार्ग सिमाना भित्र निर्माण भएका संरचना असोज १५ देखि हटाइने भएको छ । सरोकारवालाहरुको बैठकले आगामी असोज १५ गते सोमबार विहान देखि घर टहरा सबै भत्काउने निर्णय गरेको छ । बनेपा नगरपालिका वडा नम्वर १३ मा २८ वटा, वडा नम्वर १४ मा ५१ वटा र वडा नम्वर १० मा ४४ वटा घर टहरा भत्काउने लगत तयार भएको छ ।

 त्यस्तै धुलिखेल नगरपालिकाका वडा नम्वर ३, ४ र ६ मा ३१ वटा गरी अरनिको राजमार्गको साँगा देखि धुलिखेलसम्म १ सय ५६ वटा घर टहरा भत्काउने निर्णय भएको छ । २०३१ साल अघि बनेका ५६ वटा घर टहराको मुआब्जा दिएर मात्रै भत्किने भएका छन् २०३१ साल पछि बनेका सबै संरचना भत्काउन अन्तिम पल्ट दुई दिनको अवसर दिईएको हो । पटक पटक भएको छलफल, सार्वजनिक सूचना, लगत संकलन र रेखांकन तथा सिमांकनको काम सम्पन्न भएपछि अतिक्रमण गरिएका क्षेत्रहरुमा आफै संरचना खाली गर्न सडक विभाग र नगरपालिकाहरुले अनुरोध गरेका छन् ।

निर्माण भएका संरचना खाली नगरेमा त्यसको क्षतिपुर्ति समेत असुल उपर गरी संरचना भत्काउने गरी सूचना प्रकाशन गरिएको सडक विभागका डिई गुरुप्रसाद अधिकारीले बताए ।  राजमार्गमा २५ मिटर अथार्त ८२ फुट कायम हुने तर बनेपाको केहि क्षेत्रमा भने सर्वोच्च अदालतको फैसलाका आधारमा तत्काललाई ७५ फुट मात्रै कायम गर्ने गरी अतिक्रमण गरिएका संरचना हटाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु