dashain
Friday, 19 October 2018 02:25 pm, Nepal

जिम्मेवारी विभाजनलाई लिएर नेकपाभित्र विवाद बढ्दै

मेचीकाली : 2018-09-30 09:40:05


माधव नेपालको गुट सक्रिय
काठमाडौं, १४ असोज :

जिम्मेवारी विभाजनलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै गएको छ । प्रदेशको नेतृत्व तोकिएको बिषयमा असन्तुष्ट नेकपाका नेता माधवकुमार नेपाल पक्षले छुट्टै भेला गरेपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ । प्रदेश नेतृत्व तोक्ने ५ असोजको केन्द्रीय सचिवालयको बैठकप्रति असन्तुष्ट बरिष्ठ नेता नेपाललेभेला बोलाएरु नै असन्तुष्टि पोख्नु भएको थियो ।

 नेपाललाई नेकपाका नेता बामदेब गौतम र नारायणकाजी श्रेष्ठले पनि साथ दिनु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला यता नेपालपक्षले गुट चलाउन थालेको भन्दै ओली पक्षले पनि असन्तुष्टि जनाएका छन् ।  अध्यक्ष तथा प्रधानमन्त्री स्वदेशमा नभएका बेला नेता नेपालले चियापानको बाहनामा बोलाएको स्थायी कमिटीको भेला गलत भएको ओली पक्षका नेताहरुले सार्वजनिक रुपमा टिप्पणी गरेका छन् ।  नेता नेपालले मुलुक र पार्टी दुबै गम्भीर अवस्थाबाट गुज्रिरहेको यस्तो बेला पार्टीको बैठक व्यवस्थित रुपमा हुन नसकेको आरोप लगाउनुभएको थियो ।

यसबारेमा पुर्व माओवादी पक्षले भने टिप्पणी गरिसकेको छैन । विश्लेषकहरुले भने नेकपा भित्र शुरु भएको यो असन्तुष्टि स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । सीआईएनसंग कुरा गर्दै  विश्लेषक सोमत घिमिरेले पार्टी एकिकरण हुदा देखि प्रदेश कमिटी विस्तार हुदा सम्म नेकपामा छलफल सस्कार नरहेकाले यो समस्या आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु