dashain
Friday, 19 October 2018 03:42 pm, Nepal

योजना सार्वजनिक गर्ने तर काम नहुने रोग सबै मन्त्रालयमा

मेचीकाली : 2018-09-30 09:42:49


काठमाडौं, १४ असोज :

सरकारले सार्वजनिक गरेको अधिकांश योजना समयमै पूरा नहुने गरेको पाइएको छ । पद सम्हाले लगत्तै मन्त्रीहरुले तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना सार्वजनिक गर्ने गरेका छन् । बर्तमान सरकारका मन्त्रीहरुले पनि आफ्ना मन्त्रालयको क्षेत्राधिकारभित्र रहेर योजनाहरु सार्वजनिक गरेका थिए ।

 सरकार गठन भएको सात महिना बित्दा समेत धेरै मन्त्रीका योजना शुरु नै भएका छैनन् । सीआईएनसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले राजनीतिक नेतृत्वले ल्याएको योजनलाई कर्मचारी संयन्त्रले आत्मसाथ गर्न जरुरी रहेको बताउनुभयो । सामान्य प्रशासन, खानेपानी, स्वास्थ्य, महिला बालवालिका तथा समाजकल्याण, भौतिक पूर्वाधार तथा यातायत लगायतका सबै मन्त्रालयका मन्त्रीले घोषणा गरे अनुसार काम भएको छैन । प्रशासनले भने मन्त्रीहरुले अध्यन नगरि योजना घोषणा गर्दा कार्यान्वयनमा समस्या भएको बताउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु