dashain
Friday, 19 October 2018 02:31 pm, Nepal

राष्ट्रिय गौरवको आयोजनामा संसदीय समितिको चासो

मेचीकाली : 2018-10-03 09:37:58


काठमाडौं, १७ असोज : राष्ट्रिय गौरवको आयोजनामा संसदीय समितिले चासो देखाएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाका बारेमा जानकारी लिने निर्णय गरेको छ ।राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाको कार्यप्रगतिको विषयमा पनि समितिले सबै आयोजनाका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको समितिका सभापती दिलकुमारी रावलले जानकारी दिनुभयो ।

हिजो बसेको समितिको बैठकले मेलम्ची खानेपानी वितरणमा भइरहेको समस्या र समाधानका उपायबारे सरोकारवाला पक्षसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे हालसम्म भएको प्रगतिका विषयमा पनि समितिले सम्बन्धित पक्षसँग जानकारी लिने निर्णय गरेको छ । बैठकमा सदस्यले राष्ट्रिय गौरवका आयोजनका काम समयमै सम्पन्न गर्न कामको बाँडफाँट गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु