dashain
Friday, 19 October 2018 02:25 pm, Nepal

सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने

मेचीकाली : 2018-10-03 09:39:15


काठमाडौं, १७ असोज :

सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत विस्तार गर्न लागेको जानकारी दिनुभएको हो ।

न्यायमा सबैको पहुँच पु‍¥याउन सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने गरी प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री ढकालले सर्वोच्च अदालतमा कर्मचारी सरुवा, बढुवासम्बन्धी मुद्दाको चाप घटाउन पनि सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने योजना अघि सार्नु परेको स्पष्ट पार्नुभयो । उहाँले न्याय सेवालाई प्रभावकारी बनाउन सरकारले सक्दो पहल गरिरहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु