dashain
Friday, 19 October 2018 02:40 pm, Nepal

सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन निर्देशन

मेचीकाली : 2018-10-04 18:22:29


काठमाडौँ, १८ असोज :

सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रतिनिधसभा विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।समितिको आज बसेको बैठकमा सरकारी सञ्चारमाध्यम तथा मातहतका अन्य निकायलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण र हुलाक सेवालाई प्रभावकारी, जनमुखी र जनताको भरपर्दो संस्थाको रुपमा विकास गर्न निर्देशन दिएको छ ।त्यसैगरी समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त महाप्रबन्धक पदको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा सांसद टेकबहादुर बस्नेत, गणेश पहाडी, रामबहादुर विष्ट, कमला रोका, इन्दु शर्मा, आशाकुमारी विक, मीनाकुमारी सुब्बा, रङ्गमती शाही, जिप छिरिङ लामा, यज्ञराज सुनुवार र महेन्द्रराय यादवले आआफ्नो धारणा राख्नुभएको थियो ।उहाँहरुले नेपाल दूरसञ्चार प्राधिकरणमा नियुक्त हुनुभएका नवनियुक्त अध्यक्ष दीगम्बर झाको नियुुक्ति प्रकरण, श्रमजीवी पत्रकार ऐन लागू, हुलाक सेवाको वैज्ञानिक व्यवस्थापन र बनेपास्थित सूचना प्रविधि पार्कको सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हालसम्म २४० टावर निर्माण भइसकेको, १६ हजार अश्लील तथा छाडा अनलाइन साइड बन्द गरिएको, श्रमजीवी पत्रकारको तलब वृद्धि गरिएको समितिलाई जानकारी गराउनुभयो ।उहाँले आगामी दुई वर्षमा सबै स्थानीय तहमा दूरसञ्चार तथा द्रुत गतिको इन्टरनेट सेवा पु¥याउने र आउँदो दुई महिनाभित्र पत्रकार वृत्तिकोषमा रु पाँच करोड रकम जम्मा गरिसक्ने बताउनुभयो । समितिका सभापति कल्याणी कुमारीको अध्यक्षतामा समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु