dashain
Saturday, 20 October 2018 07:26 pm, Nepal

काष्ठमण्डप पुनःनिर्माण कात्तिकदेखि

मेचीकाली : 2018-10-05 18:08:44


काठमाडौँ, १९ असोज : भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण आगामी कात्तिक १ गतेदेखि औपचारिक शुरु गरिने भएको छ । पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा भने सम्पन्न भइसकेको छ ।अहिले पुनःनिर्माणका लागि आवश्यक सामग्री सङ्कलन भइसकेको छ । अब सबैले देख्ने गरी काम शुरु गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

आगामी आर्थिक वर्षको पहिलो साता नै पहिलो तला निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरिने कामपा, भौतिक पूर्वाधार तथा पुनःनिर्माण विभागका प्रमुख राम थापाले जानकारी दिनुभयो । तीन वर्षमा सबै निर्माण सम्पन्न हुने जनाइएको छ ।

काष्ठमण्डप पुनः निर्माणका लागि आवश्यक पर्ने सामग्री, काठ, इँटा र माटाको समेत परीक्षण भइसकेको छ । “अब नियमित रुपमा निर्माणको काम गर्न बाँकी हो, आगामी कात्तिक १ गतेदेखि शुरु हुन्छ”, प्रमुख थापाले भन्नुभयो । काठबाट निर्माण गरिने भएको हँुदा अन्य निर्माण सामग्रीभन्दा बढी काठको प्रयोग हुनेछ । निर्माणका लागि झण्डै रु १० करोडको काठ प्रयोगमा आउनेछ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणमा प्रयोग हुने इँटा र माटाको गुणस्तर परीक्षणसँगै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइसकेको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको इतिहासमा उल्लेख छ ।

पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार मरुसत्तल सातौँ शताब्दीको भएको बताइएको थियो । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु