dashain
Saturday, 20 October 2018 06:52 pm, Nepal

नेकपा सचिवालयको बैठक बस्दै

मेचीकाली : 2018-10-07 09:33:23


कसरी मिल्ला विवाद ?
काठमाडौं, २१ असोज :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दैछ । पार्टी एकीकरण टुङ्गो लगाउन र पार्टीभित्रका असन्तुष्टि समाधान गर्न भन्दै नेकपाले सचिवालय बैठक बोलाएको हो । प्रदेश पदाधिकारी चयनको प्रक्रिया र मापदण्डप्रति वरिष्ठ नेता माधव कुमार नेपालले चर्को असन्तुष्टि जनाइरहनु भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले शुक्रबार छलफल गरेर बैठक बोलाउनु भएको हो । दुईपार्टीबीच पार्टी एकीकरणको सहमति भएको एक बर्ष वितेपनि तल्लो तहसम्म एकता हुन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच जेठ ३ मा पार्टी एकता भएयता असार २१ गते एकपटक मात्र स्थायी समितिको बैठक बसेको थियो । पार्टीका महत्‍वपूर्ण निर्णयहरु नौ सदस्यीय सचिवालयले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु