dashain
Saturday, 20 October 2018 06:23 pm, Nepal

सेवा दिन प्रदेश सरकार कमजोर, अझै कानुन बन्न सकेन

मेचीकाली : 2018-10-07 09:33:47


काठमाडौं, २१ असोज :

  प्रदेश सरकारले प्रदेश र संघीय सरकारले उपयोग गर्ने साझा अधिकारको लागि आवश्यक कानुन निर्माणमा संघीय सरकारले ढिलाई गरेका कारण अन्य कानुन निर्माणमा पनि ढिलाई भएको जनाएको छ । प्रदेशका मन्त्रीहरुले प्रदेश र संघीय सरकारले साझा रुपमा उपयोग गर्न पाउने विभिन्न २५ अधिकार उपयोगको लागि आवश्यक कानुन निर्माण गरेर पठाउन संघले ढिला गरेका कारण अरु कानुन निर्माणमा पनि ढिलाई भइरहेको बताएका हुन् ।

प्रदेश पाँचको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता बसन्त अधिकारीले एकल अधिकार उपयोगको लागि आवश्यक कानुन निर्माणमा कठिनाई नभएपनि साझा अधिकार उपयोगको लागि कानुन निर्माणमा कठिनाई भएको बताउनुभयो । संविधानको अनुसुची ६ ले प्रदेशको एकल अधिकारको व्यवस्था गरेको छ भने अनुसुची ७ ले संघ र प्रदेशको साझा अधिकारको व्यवस्था गरेको छ ।  प्रदेशले २१ ओटा अधिकार एकल रुपमा उपयोग गर्न सक्ने छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु