dashain
Saturday, 20 October 2018 06:12 pm, Nepal

धरौटी तिर्न नसक्दा रिहा भए पनि थुनामै

मेचीकाली : 2018-10-10 04:28:24


पर्वत,२४ असोज :

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा १३ वर्षीया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा रु दुई लाख धरौटीमा रिहा भए पनि आर्थिक अभावले कारागार चलान भएका छन् । घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुश्मा नगरपालिका–२ का २० वर्षीय विनोद नेपाली पुर्पक्षका लागि रु दुई लाख धरौटीमा छुटेका हुन् ।

पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले मङ्गलबार नेपालीलाई रु दुई लाख धरौटीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो । अभियुक्त नेपाली रु दुई लाख बुझाउन नसकेपछि पर्वत जिल्ला कारागारमा थुनामा छन् ।

अदालत बुधबारदेखि बिदा हुने भएकाले धरौटीमा छाड्ने आदेश भए पनि अभियुक्त नेपालीले दशैँ बिदामा पनि कारागार बस्नुपर्ने भएको छ । नेपालीले गएको भदौ २७ गते सोही ठाउँकी १३ वर्षीया बालिका घरको बारदलीमा सुतिरहेको अवस्थामा घरको भित्ता र खम्बा हुँदै बारदलीमा चढेर मुख थुनी जबर्जस्ती यौन क्रियाकलाप गर्न खोजेको अभियोगमा असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु