Wednesday, 22 May 2013 05:24 am, Nepal

नाङ्गो तारका ठाउँमा केबुल तार

मेचीकाली : 2010-09-04 17:47:25


मन्थली, १९ भदौ
नेपाल विद्युत प्राधिकरणले मन्थली बजारमा विद्युतिकरणका लागि टाँगिएको नाङ्गो तारलाई हटाएर केबुल तारबाट विद्युत वितरण शुरु गरेको छ । बजार क्षेत्रमा टाँगिएको नाङ्गो तारका कारण दुर्घटनाहरु बढ्दै जान थालेपछि  बजार क्षेत्रमा प्राधिकरणले केबुलिङको काम गरेको हो । प्राधिकरणले मन्थली बजारको कटहरबोटबाट तामाकोसी भवनसम्म तथा आकासेको बसपार्क क्षेत्रमा नाङ्गो तार हटाएर इन्सुलेटरको कालो तारबाट विद्युत वितरण गर्न शुरु गरेको छ ।
यसैगरी प्राधिकरणले पुरानो सदरमुकाम रामेछाप बजार क्षेत्रमा पनि केबुलिङको काम गरेको छ । प्राधिकरण मन्थली शाखाका निमित्त कार्यलय प्रमुख तिर्थ आचार्यका अनुसार रामेछाप बजार क्षेत्रमा पनि विद्युत खतरा टार्नका लागि नाङ्गो तारलाई हटाएर केबुल तार टाँगिएको हो । प्राधिकरणले रामेछाप बजार क्षेत्रमा मात्र यस प्रकारको तार टाँगेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु