Sunday, 17 December 2017 08:18 am, Nepal

सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न अध्यक्ष ओलीको आग्रह

मेचीकाली : 2017-12-16 16:50:38

भक्तपुर, १ पुस : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ ।रिपोर्टर्स क्लब नेपालले आज अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उहाँले निर्वाचनको परिणाम आइसकेकाले अब काँग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताउनुभयो ।

पुरा पढ्नुहोस्

चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई

मेचीकाली : 2017-12-16 13:50:17

काठमाडौँ, १ पुस : नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी बधाई दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाम गठबन्धनको बहुमतसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकमा आर्थिक समृद्धि हुने विश्वासका साथ चेम्वरका पदाधिकारी एवं कार्यसमितिको टोलीले उहाँलाई बधाई दिनुभएको चेम्बरका महासचिव कमलेश कुमार अग्रवालले जनकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रम देउवा

मेचीकाली : 2017-12-16 13:48:49

काठमाडौँ, १ पुस : प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ । नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित आज बिहान प्रम निवास बालुवाटारमा भएको भेटमा उहाँले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

राष्ट्रिसभा गठनमा दलहरु विभाजित

मेचीकाली : 2017-12-16 10:22:14

सरकार गठन अन्योलमै

काठमाडौं, १ पुस : दलहरुबिच राष्ट्रिय सभा गठनमा देखिएको विवादका कारण नयाँ सरकार निर्माणमा समस्या देखिएको छ । बाम गठबन्धन र काग्रेसबिच पहिले सरकार गठन कि राष्ट्रिय सभा भन्नेमा मत बाझिंदा नयाँ सरकार निर्माणमा समस्या देखिएको हो ।राष्ट्रिय सभाको गठन एकल संक्रमणिय मतका आधारमा गर्नेमा कांग्रेसले अडान राखेको छ ।

पुरा पढ्नुहोस्

काँग्रेस र वाम गठबन्धनबीच नयाँ सरकार गठन प्रक्रियामा विवाद

मेचीकाली : 2017-12-15 08:51:45

सरकार गठनमा ढिलाई हुने

काठमाडौं, २९ मंसिर : नेपाली काँग्रेस र वाम गठबन्धनबीच नयाँ सरकार गठनमा विवाद देखिएको छ । राष्ट्रपति कार्यालयमा अड्किएर बसेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी हुन ढिलाइ भएपछि दलहरू आरोपप्रत्यारोपमा उत्रिएका हुन् । प्रधानमन्त्री चयनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै चाहिने÷नचाहिने र दुवै सदनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने÷नपर्ने विषयमा दलहरुको कुरा मिल्न सकेको छैन ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु