Monday, 20 August 2018 12:21 pm, Nepal

छोरी नपढाउने तर धेरै पढेकी बुहारी खोज्ने ?

मेचीकाली : 2015-04-18 16:09:38

एकराज पाठक

  शीर्षकमा प्रस्तुत पङ्क्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई महिनाअघि भारतको हरियाणा राज्यमा व्यक्त गर्नुभएको हो । हरियाणाको पानीपतमा गत जनवरी १५ मा आयोजित एक विशेष समारोहमा उहाँले भन्नुभयो– हामी आफ्ना छोरी पढाउन खोज्दैनौँ तर हामीलाई धेरै पढेलेखेकी बुहारी चाहिन्छ ।

पुरा पढ्नुहोस्

विश्व चर्चामा सन् २०१४

मेचीकाली : 2014-12-27 17:07:55

-एकराज पाठक

यस वर्षको विश्व राजनीतिको चर्चा गर्दा चर्चाको शिखरमा रहे संयुक्त राज्य अमेरिका र रसिया । यसको कारक थियो युक्रेनको क्रिमिया क्षेत्र । यस वर्षको मार्च महिनाअघिसम्म युक्रेनको रहेको क्रिमिया प्रायद्वीप त्यसपछि रसियाको भाग बन्ने प्रयोजनका लागि सुरु भएको जनमत सङ्ग्रहले विश्व राजनीतिलाई हपक्कै ततायो ।     पहिले रसियाकै रहेको यो भूभाग सोभियत सङ्घ विघटन हुँदा युक्रेनको अधिनमा रह्यो र सन् २०१४ को सुरुवातसँगै रसियाकै बन्ने अभियान थाल्यो ।

पुरा पढ्नुहोस्

दूध–अमृत कि विष ?

मेचीकाली : 2014-11-19 17:34:11

–बाबुलाल भण्डारी

प्रसिद्ध जर्मन दार्शनिक सोपेनआवरले एक ठाउँमा भनेका छन् – कुनै पनि सत्यले समाजमा स्थापित हुन सामान्यतः ३ वटा चरणबाट गुज्रिनु पर्छ । पहिले यसको खिल्ली उडाईन्छ, दोस्रो चरणमा यसको घनघोर विरोध हुन्छ र अन्तमा यसलाई सबैले स्विकार्ने स्थिति बन्दछ । आज मैले उठाउने विषय पश्चिममा अब नौलो र आश्चर्यको कुरा नरहे पनि हामी कहाँ अद्यापि यो अत्यन्तै पोलराइजिङ्ग प्रकृतीको हुने र धेरैलाई त्यति सजिलै हजम नहुने यथार्थ प्रति म सचेत छु ।

पुरा पढ्नुहोस्

नेपालको समस्या पछौटेपन हो, नेपाली जनताको चाहना समृद्धि हो

मेचीकाली : 2014-11-12 14:16:35

के.पी. ओली

२०६२/०६३ को आन्दोलन पछि जब संविधान सभाको कुराले जोड पक्रियो, जब पहिलो संविधान सभाको निर्वाचन भयो, त्यस पछि संविधान सभाबाट नेपाली जनताले संविधान निर्माण गर्ने, आफैँले निर्माण गरेको संविधान वा मूल कानुनबाट अनुशासित हुने, राजनीतिक, आर्थिक, साँस्कृतिक, सामाजिक प्रणालीलाई आफैँ भनेको जनताले जनताको हितमा प्रयोग गर्ने, त्यस्तो संविधान बनाउने जसले जनताले हित गरोस् । यो अनुमान, अपेक्षा गरिँदैन कि जनताले बनाएको संविधान जनताको हित विपरीत होला?

पुरा पढ्नुहोस्

पारसमाथि अत्याचार !

मेचीकाली : 2014-10-12 16:14:13

उमेश चौहान

थाई मिडिया खाई न्युजले बैंककमा समाचार लेखेर नेपालमा सनसनी मच्चाएको छ । नेपालका पूर्वयुवराज पारसलाई थाई प्रहरीले हत्कडी लगाएको तस्बिरले सोसल मिडियाका भित्ता भरिएका छन् । गाँजासहित पक्राउ परेर अन्तर्राष्ट्रिय रूपमा नेपाललाई बदनाम गराएको भनेर पारसप्रति घृणा गर्नेहरूले सामाजिक सन्जालमा आगो ओकलिरहेका छन्, सोमालियास्थित राष्ट्रसंघीय शिविरमा भेटिएको कुपोषित शरणार्थीजस्तो पारसको अनुहार देखेर दया गर्नेहरू चुकचुकाइरहेका छन्, राजालाई विष्णुको अवतार मान्ने कतिपयले यो तस्बिर पारसको होइन, उनको जस्तै अनुहार मिल्ने अरू कसैको रहेछ भन्ने समाचार आओस् भनेर कामना गरिरहेका छन् । तर, सर्वसाधारणको यो घृणा, करुणा र कामनाबाट बेखबर पूर्वयुवराज पारसको अनुहारमा अझै मन्द मुस्कान छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु