Monday, 20 August 2018 12:20 pm, Nepal

निर्वाचन परिणामवारे तमरा अभियानको धारणा

मेचीकाली : 2013-11-27 17:02:18

संविधान सभाको निर्वाचनको परिणामलाई हामीले अप्रत्याशित र आश्चर्यको रूपमा लिएका छैनौं । चार पक्षीय राजनीतिक संयन्त्रले षडयन्त्रपूर्ण ११ सूत्रीय सम्झौता गरेकै दिन हामीले भनेका थियौं कि, “विद्यमान केही संवैधानिक र कानूनी प्रावधानमा सुधार नभै निर्वाचन हुने कुरामा सहमति जनाएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आङ्खनो मृत्यूपत्रमा हस्ताक्षर गरेको छ ।”


पुरा पढ्नुहोस्

राष्ट्रिय जनमोर्चाको चुनाव घोषणापत्रबारे

मेचीकाली : 2013-11-09 18:44:09

राजमोको नीतिबाट नै देशमा राजनीतिक निकास र लोकतान्त्रिक संविधानको निर्माण सम्भव छ
– मोहनविक्रम सिंह

अहिले देशको राजनैतिक स्थिति तथा सबै राजनीतिक दल र सङ्गठनहरूको नीति तथा भूमिकामाथि समग्र रूपले विचार गर्दा राष्ट्रिय जनमोर्चाको नीतिबाट नै देशमा राजनैतिक निकास र लोकतान्त्रिक संविधानको निर्माण सम्भव भएको कुरा प्रष्ट छ । अहिलेको संविधान सभाको चुनावका सन्दर्भमा राजमोले तीन वटा नाराहरू अगाडि सारेको छ ः गणतन्त्रलाई संस्थागत गरौँ, राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयताको विरोध गरौँ । 

पुरा पढ्नुहोस्

संविधानसभाको अन्तिम निर्वाचन

रासस: 2013-11-07 11:20:30

-कृष्ण अधिकारी

लोकतन्त्र, शान्ति र समृद्धिको अवरुद्ध यात्रालाई नयाँ संविधानमार्फत निश्चित गन्तव्यमा पु¥याउन मुलुक अहिले अर्को संविधानसभा निर्वाचनको सङ्घारमा उभिएको छ । दुई साताभित्रै संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नेपाल नयाँ युगमा प्रवेश गर्दैछ । लामो सङ्क्रमणबाट उम्केर दिगो शान्ति एवम् राजनीतिक स्थायित्व कायम गर्नु नेपाल र नेपालीको अहिलेको एकमात्र चाहना बनेको छ । 

पुरा पढ्नुहोस्

एन आर एन उपविजेताको तेजाबी बिष वमनको संदेश

मेचीकाली : 2013-11-05 08:29:10

विजय थापा

गैरआवासीय नेपाली संघ (एन आर एन  ए )सबैको साझा संस्था हो र कसैको पनि बपौति हैन । चिन्तन र मनन गरि २००३ मा स्थापना हुन् पुगेको हो l यस पालिको सम्मेलनमा २-३ वटा बिषयले ईतिहास रच्यो l पहिलो १० बर्षको अविरल प्रयास पश्च्यात नेपालमा दर्ता भै सरकारले कानुनी मान्यता दियो । दोश्रो एन आर एन ए को ईतिहासमा प्रथम पटक अध्यक्ष पदमा निर्वाचन हुन पुग्यो । भनिन्छ निर्वाचन प्रक्रिया नै प्रजातन्त्रको स्वर्णिम द्वार हो । लोकतान्त्रिक अभ्यास गरियो र इतिहासमा पहिलो पटक अध्यक्ष चयनमा महत्वपूर्ण अभ्यास हुन् पुग्यो । 


पुरा पढ्नुहोस्

एनआरएन अभियानको नयाँ चुनौति र अवसर

मेचीकाली : 2013-10-20 10:35:56

–दिनेश बस्नेत–

गैरआवासीय नेपाली संघ स्थापना भएको दशक पूरा भइसकेको छ । रहर, बाध्यता र सम्भावनाको खोजीमा विश्वको विभिन्न कुनाकन्दरा पुगेका नेपालीहरुलाई एउटा साझा छहारी दिने उद्देश्यले सन् २००३ मा स्थापना भएको संघ बल्ल दर्ता हुने भएको छ । यो सबैको खुसीको कुरा हो । त्यसैले यतिबेला भारत आर्थिक संकटमा फसेका बेला विश्वभर रहेका एनआरआईहरुले देखाएको अग्रसरतालाई समयमै ‘क्लिक’ गर्ने राम प्रताप थापा, भिम उदास र त्यसलाई आफ्नो नेतृत्व र व्यक्तित्वका कारण विश्वभर विस्तार गर्न सफल संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई स्मरण गर्नैपर्छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु