Monday, 20 August 2018 12:21 pm, Nepal

नर्वे र नर्वेलीबाट सिक्न लायक केहि कुरा

मेचीकाली : 2013-09-20 17:47:36

प्रकाश सापकोटा

२०१० को क्रिस्मस एक नर्वेली परिवारको आमन्त्रणमा उनिहरुसँग मनाउने मौका मिल्यो । नर्वेमा विद्यार्थीको रुपमा रहेको आफुलाई नेपालमा लेखक थिएँ भनेर चिनाउन मन लाग्यो । दुइओटा किताब प्रकाशित गरिसकेको र तेस्रोको तयारीमा रहेकोसमेत बताउन भ्याएँ । त्यसो गर्नासाथ मलाई त्यो परिवारले अर्कै इज्जत गर्न थाल्यो । मेरा कृतिहरु इन्टरनेटमा खोज्न थालियो । नभन्दै एक उपन्यास र एक मुक्तक संग्रहको लेखकको रुपमा मलाई देखाइदियो इन्टर्नेट्ले ।

पुरा पढ्नुहोस्

‘कानपुरे पाउडर’ एक घातक विष

मेचीकाली : 2013-07-08 08:31:30

- मधु सूदन पौड्याल 

काभ्रे, सिन्धुपाल्चोक र दोलखा जिल्लाका गाँउघर वस्तीका वस्तुभाउ र गोठमा उडुस उपियाँ, जुम्रा एवं किर्ना परेमा कानपुरे पाउडर छर्ने चलन वर्षौँ देखि चलि आएको छ । कानपुरे पाउडर घरेलु औषधीका रुपमा घर घरमा प्रयोग भएको पाईएको छ भने हाल २०७० साल सम्म आउँदा यस धुलो को प्रयोग आलुको जोतुवा किराको प्रकोप बाट बचाउन आलुको भण्डारणमा तथा गाई भैसी कुकुर वाख्राकोलागि  परजिवी किरामार्न समेत उत्तिकै प्रयोग भएको सुनिएको छ । 

पुरा पढ्नुहोस्

आसन्न चुनाव र कांग्रेसको भूमिका

मेचीकाली : 2013-07-01 10:20:11

-अर्जुननरसिंह के.सी.

दोहोर्‍याएर हुन लागेको संविधानसभाको निर्वाचनका लागि मुलुकमा कार्यरत् ‘पाहुना मन्त्रिपरिषद्’ लाई हामीले वर्तमानको ‘बाध्यता’ को चश्माले मात्र होइन, भविष्यमा उत्पन्न हुनसक्ने विविध परिणाम र प्रभावको कसीमा पनि हेर्नुपर्ने हुन्छ । त्यो भनेको वर्तमान चुनावी मन्त्रिपरिषद्को सार्थकता मुलुकमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक संविधान बनाउनसक्ने सार्वभौम संविधानसभाको तोकिएको मितिभित्र गठनमा मुख्य रुपले केन्द्रित छ ।

पुरा पढ्नुहोस्

तराई मधेस राष्ट्रिय अभियानको माग र दृष्टिकोण

मेचीकाली : 2013-05-21 15:52:56

वर्तमान सरकार तथा चारपक्षीय राजनीतिक संयन्त्रले संविधानमा व्यवस्था रहेको निर्वाचन क्षेत्रको पुनर्निधारण गर्ने मनशाय राखेको छैन । यस निम्ति तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले सर्वोच्च अदालतमा रिट दर्ता गराएको र सो रिटमा अदालतको आदेश भएपछि अब निर्वाचन क्षेत्रको पुनर्निधारण बाध्यात्मक भएको छ । 

पुरा पढ्नुहोस्

सम्झना मदनको : महाराज, आँखा नचम्काइबक्सियोस्

मेचीकाली : 2013-05-17 09:58:49

५ चैत २०४७ मा काठमाडौंमा आयोजित चुनावी सभामा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले दिएको मन्तव्य।
यो निर्वाचन प्रचार समितिको कार्यालयको उद्घाटन समारोहमा उपस्थित हुनुभएका आदरणीय जनसमुदायहरू,

हाम्रो पार्टीले यस निर्वाचनमा आफ्ना कार्यक्रम, विचार र धारणाहरूलाई लिएर जनसमुदायसमक्ष आउने फैसला गरिसकेको छ र त्यस आधारमा हामी अब विभिन्न चुनाव क्षेत्रमा आफ्ना कार्यालयहरूको उद्घाटन गर्दै, समितिहरू निर्माण गर्दै, विचारहरू यहाँहरूको अगाडि राख्नको निम्ति आइरहेका छौं ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु