Sunday, 17 December 2017 08:09 am, Nepal

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

मेचीकाली : 2017-10-02 10:42:09

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताउनुभयो ।

पुरा पढ्नुहोस्

मलेसियामा एक नेपालीको मृत्यु

मेचीकाली : 2017-07-24 09:43:24

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ ।मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु भएको बताइएको छ । ३ वर्षअगाडि उनी रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।

पुरा पढ्नुहोस्

अवसर र सम्भावनाको खोजी गर्दै अबुधाबीमा नेपाली महिला

मेचीकाली : 2017-06-09 13:50:19

कल्पना पौडेल

अबुधाबी - आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो ।

पुरा पढ्नुहोस्

कतारमा बस्दै आएका मण्डलको मृत्यु

मेचीकाली : 2017-04-16 11:32:34

  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ । पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताउनु भयो ।

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु

मेचीकाली : 2017-04-06 13:13:48

महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ बस्ने ३५ वर्षीय मिथिला महरा रहेको परिवारजनले बताएका छन् । चरम गरिबीसँगै लड्दै दुई वर्षअघि रोजगारीका सिलसिलामा साउदी गएका महरा गएराति सुतिरहेका बेला दिसा लाग्दा शौचालय गएको र शौचालयमै लडेर उनको मृत्यु भएको उनका भाइ सिकिन्दर महराले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु