Saturday, 26 May 2018 06:16 am, Nepal

डिपिएलको उपाधि धनगढीलाई

मेचीकाली : 2018-04-13 18:19:15

धनगढी : रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा धनगढीले टस जितेर ब्याटिङ गरी निर्धा्रित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौँले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रनमा समेटियो । धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए ।

पुरा पढ्नुहोस्

धनगढी प्रिमियर लिग : महेन्द्रनगर युनाइटेड प्ले अफमा

मेचीकाली : 2018-04-07 15:57:47

धनगढी : गए राति पानी परेपछि धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया बीचको खेल स्थगन भएको छ । खेल स्थगन भएसँगै पाँच अंकका साथ महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा पुगेको छ । महेन्द्रनगर आफ्नो एक खेल खेल्नुअगावै प्ले अफमा पुगेको छ । मैदान हिलाम्ये भएपछि आजको खेल सञ्चालन हुन सकेन । खेल स्थगन भएपछि दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् । सिवाइसी अत्तरिया तीन अंकका साथ पाँचौँ स्थानमा छ ।

पुरा पढ्नुहोस्

धनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा

मेचीकाली : 2018-03-30 08:18:33

—सिद्धराज भट्ट

धनगढी- यही चैत १७ गतेदेखि यहाँ आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो । शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सवैले गरेको योगदानको फलस्वरुप यति ठूलो प्रतियोगिता गर्न सफलता मिलेको बताउनुभयो ।

पुरा पढ्नुहोस्

नेपाली क्रिकेटको ऐतिहासिक दिन, एक दिवसीय मान्यता पाउने

मेचीकाली : 2018-03-15 19:56:15

काठमाडौं, १ चैत : नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाउने भएको छ । विश्वकप छनोटअन्तर्गत आज भएको खेला पपुवा न्युगिनीलाई पराजित गर्नुका साथै नेदरल्याण्डले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने भएको हो । दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको हो ।

पुरा पढ्नुहोस्

विश्वकप छनोट : नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित

मेचीकाली : 2018-03-08 19:54:05

सुपर सिक्समा पुग्ने सम्भावना कमजोर

काठमाडौं, २४ फागुन : विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आज भएको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ४१ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । यसअघि टस जितेर स्कटल्याण्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा  आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

पुरा पढ्नुहोस्

 

    भर्खरै

     

    धेरैले पढेको

     

    भर्खरै प्राप्त प्रतिक्रियाहरु

     

    मेचीकाली भिडियो

    महाभुकम्प

    थप भिडियोहरु