Tuesday, 19 June 2018 12:56 am, Nepal

'जेरार्डलाई कप्तानी दिनु सही'

मेचीकाली : 2010-06-08 13:23:35

लिभरपुलका पूर्वप्रशिक्षक जेर्राड हुलियरले स्टेफन जेरार्डलाई इङ्ल्यान्डको कप्तानको जिम्मेवारी दिनु सही निर्णय भएको बताएका छन्। चोटका कारण रियो फर्डिनान्डले विश्वकप नखेल्ने पक्का भएपछि जेरार्डलाई कप्तानको जिम्मेवारी दिइएको हो। अघिल्लो साता प्रशिक्षण दौरान म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक फर्डिनान्डले घुँडामा चोट बोकेका थिए। त्यसपछि कप्तानीको जिम्मेवारी लिभरपुलका कप्तान ३० वर्षीय जेरार्डको काँधमा आएको थियो। हुलियरले सन् १९९८ देखि २००४ सम्म एनफिल्डमा जेरार्डलाई प्रशिक्षण दिएका थिए। प्लेमेकर मिडफिल्डर जेरार्डको काँधमा प्रशिक्षक फाबियो कापेलोले जिम्मेवारीमा थपिदिएको हुलियरले बताएका छन्।

पुरा पढ्नुहोस्

मण्डेला जाने पक्का भयो

मेचीकाली : 2010-06-06 21:26:10

दक्षिण अफ्रिकाका पहिला अश्वेत राष्ट्रपति नेल्सन मण्डेला ११ जुनबाट सुरु हुने फिफा विश्वकपको उद्घाटन र समापन समारोहमा उपस्थित हुने त्यहाँका खेल मन्त्रीले बताएका छन्। 'मण्डेलाले विश्वकपमा उपस्थित हुने माग गरेका छन्। उनले उद्घाटन र समापन समारोहका चार टिकटका लागि अनुरोध गरेका थिए। र आयोजकले उनको माग पुरा गरेका छन्। खेल मन्त्री माखेन्केसी स्टोफिलले भने। मण्डेला परिवारले यस अघि देशका महान नेता शारिरिक रुपमा निकै कमजोर भएकोले विश्वकपका क्रममा स्टेडियमसम्म जान नसक्ने बताएको थियो। वृद्धावस्थाका कारण मण्डेलाको कार्यक्रम प्राय अन्तिम मिनटसम्म खुलाइँदैन।

पुरा पढ्नुहोस्

विश्वकपमा हेर्नलायक खेलाडी

मेचीकाली : 2010-06-05 14:49:49

दक्षिण अफ्रिकामा अहिलेसम्म विभिन्न देशका ७ सय ३६ खेलाडी भित्रिसकेका छन् । यी सबैको चाहना विश्वकप उपाधि उचाल्नु हो । विश्वकप उत्कृष्ट खेलाडीको कुम्भमेलासमेत हो । सहभागी ३२ राष्ट्रका स्टार खेलाडीले दक्षिण अफ्रिकामा आफ्नो खेलकौशल प्रस्तुत गर्नेछन् । विश्वकप यस्तो प्रतियोगिता हो जहाँ एकै खेलबाट सामान्य खेलाडी रातारात स्टार बन्छन् । युरोप, एसिया, ल्याटिन अमेरिका तथा दक्षिण अमेरिकाका क्लबस्तरीय प्रतियोगितामा चम्केका खेलाडी पनि विश्वकपमा आफ्नो स्तरलाई थप उचाइमा राख्ने प्रयासमा हुनेछन् । विश्वकप इतिहासमा आफ्नो नाम लेखाउन सबै खेलाडीले उत्कृष्ट खेल्ने प्रयास गर्नेछन् ।

पुरा पढ्नुहोस्

इङ्ल्यान्डले विश्वकप जित्ने दाबी

मेचीकाली : 2010-06-04 09:28:44

चेल्सीका लेफ्टब्याक एस्ले कोलले इङ्ल्यान्ड विश्वकप जित्न सक्षम रहेको दाबी गरेका छन्। टोलीका सबै सदस्य विश्वकप जित्ने लक्ष्यका साथ दक्षिण अफ्रिका जान लागेको २९ वर्षीय कोलले बताए। इङ्ल्यान्डले एक पटक मात्र विश्वकप जितेको छ। इङ्ल्यान्ड टोली मंगलबार विश्वकप आयोजनास्थल जाँदैछ। 'मलाई लाग्छ हामी जित्न सक्छौं र हामी त्यसैका लागि जाँदैछौं,' कोलले भने, 'हामी विश्वकप जित्छौं भन्ने मेरो दाबी होइन, जित्न हामीसँग पर्याप्त क्षमता पनि छ। हाम्रो टोली हेर्ने हो भने स्टेफन जेरार्ड, फ्रान्क लाम्पार्ड, रियो फर्डिनान्ड र वाइने रोनी जस्ता स्तरीय खेलाडी छन्। हामी सबैले हरेक खेलमा राम्रो खेल्यांै र थोरै भाग्यले साथ दियौं भने जे पनि हुन सक्छ।'

पुरा पढ्नुहोस्

म्याराडोना अझै द्धिविधामा

एजेन्सी: 2010-06-03 10:14:29

नाइजेरियाविरुद्ध खेलेर विश्वकप २०१० को सुरुवात गर्न दुई साता पनि बाँकी नरहेको अवस्थामा अर्जेन्टिनाका प्रशिक्षक डिएगो म्याराडोनाले अझै पहिलो रोजाई छान्न नसकेको बताएका छन्। जुन १२ मा पहिलो खेल खेल्ने समय नआएसम्म आफुले पहिलो रोजाईको विषयमा निर्णय लिन नसक्ने उनले मंगलबार पत्रकारहरुसँग बताए। खासमा म्याराडोनाले आफ्नो टिममा रहेका फिफा वर्ष खेलाडी बार्सिलोनाका लियोनेल मेसी, म्यानचेस्टर सिटीका कार्लोस टेभेज, रिएल मेड्रिडका गोन्जालो हिग्विन र इन्टर मिलानका डिएगो मिलिटोजस्ता सबै प्रतिभावान फरवार्डलाई फरक भुमिकामा भएपनि टिममा स्थान खोजिरहेका कारण पहिलो रोजाई छान्न गाह्रो भएको बताईएको छ।

पुरा पढ्नुहोस्

 

    भर्खरै

     

    धेरैले पढेको

     

    भर्खरै प्राप्त प्रतिक्रियाहरु

     

    मेचीकाली भिडियो

    महाभुकम्प

    थप भिडियोहरु