काठ चोरीको आरोपमा उदयपुरमा ३ युवक पक्राउ


 Mechikali 

अवैध रुपमा काठ चोरी तस्करी को आरोपमा पक्राउ परेका ३ युवकलाई बिहीबार डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको छ । बेलका नगरपालिका–९ स्थित माछापुच्छ्रे सामुदायिक वन उपभोक्ता समूहमा अवैध रुपमा काठ काटेको भन्दै बुधबार ती युवकलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाबाट गएको प्रहरी टोलीले बेलका–४ गुरुङचौरीका ३५ वर्षीय अर्जुन राई, बेलका–९ कमलाबारीका ३० वर्षीय दीपेन्द्र राई र २२ वर्षीय राकेश राई पक्राउ गरेको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताए । पक्राउ परेका युवकलाई प्रहरीले डिभिजन वन कार्यालयमा बुझाएको सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

प्रतिक्रिया



थप समाचारहरु